Logo
१५ चैत्र २०८०, बिहीबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व सचिव सूर्यप्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्।हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षको जिम्मेवारी दिएको हो।

चिरञ्जीबी चापागाईंको कार्यकाल पुसमा सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो। पुस २३ गतेबाट चापागाईको चार वर्षे कार्यकाल सकिएको थियो।

अहिले नियुक्त भएका सिलवालको कार्यकाल आगामी ४ वर्षसम्म हुनेछ। गृह सचिवबाट सेवा निवृत्त सिलवालले लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भारत डेस्क हेर्ने सहसचिव तथा पछि सोही मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए ।

बीमा समितिको अध्यक्ष हुनको लागि बीमा ऐनमा बीमा क्षेत्रमा विज्ञता भएको हुनुपर्ने भन्ने तोकिएको छ तर त्यसको मापदण्ड भने उल्लेख गरिएको छैन।

जसको कारणले निजामति सेवाबाट अवकास पाएका तथा नेपाल राष्ट्र बैंकबाट अवकास पाएकाहरुले नियुक्ती पाउँदै आएका छन्।

 

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्