Logo
१३ बैशाख २०८१, बिहीबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले नेपाललाई दिने अनुदान ३ अर्बले बढायो

भारतले नेपाललाई दिने अनुदान ३ अर्बले बढाएको छ ।

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ ।

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ ।

दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ ।

पछि बजेटमा विनियोजित भन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ । भारत सरकारले विदेश मन्त्रालयमार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ ।

गत वर्षको बजेटमा भने सुरुमा ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो । गत वर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करिब आधाले नै घटाइएको थियो ।

भारतले सन् २०१९/२१ का लागि करिब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०/२१ का लागि ८ अर्ब भारु मात्र विनियोजन गरेको थियो ।

विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्बभन्दा बढी अनुदान दिइने जनाइएको छ ।

भारतले श्रीलंकालाई दिने अनुदानमा भने उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष ७५ करोडमात्र अनुदान दिइएकोमा यस वर्ष त्यसलाई बढाएर २ अर्ब भारु पुर्‍याइएको छ ।

भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान यस्तो छ (भारु)
भुटान- ३० अर्ब ४ करोट
नेपाल – ९ अर्ब ९२ करोड
अफगानिस्तान – ३ अर्ब ५० करोड
बंगलादेश – २ अर्ब
श्रीलंका -२ अर्ब
माल्दिभ्स – २ अर्ब ५० करोड
म्यानमार – ४ अर्ब

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्