Logo
१२ बैशाख २०८१, बुधबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को नतिजा सार्वजनिक, रिजल्ट यसरी हेर्नुहोस् !

 राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज सोमबार बसेको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

कोरोनाको महामारीका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो ।

देशभरबाट चार लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्