Logo
१३ बैशाख २०८१, बिहीबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिकृतहरूलाई ३० दिने सेवाकालीन प्रशिक्षणका लागि दरखास्त आव्हान

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै अधिकृतहरूलाई सेवाकालीन प्रशिक्षणका लागि दरखास्त आव्हान गरेको छ ।

नेपाल सरकार र सार्वजनिक निकायहरूमा कार्यरत तृतीय श्रेणी वा सो सरहका मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित तृतीय श्रेणीका लागि सञ्चालन हुने ३० दिने प्रोफेसनल कोर्स अन म्यानेजमेन्ट-पीसीएमडी तालिमका लागि आव्हान गरेको हो ।

प्रशिक्षार्थीलाई माघ २५ गतेभित्र मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा आई पुग्ने गरी फारम पठाउन भनेको छ ।

हालसम्म सेवाकालीन तालिम नलिएका तथा तालिममा सहभागी हुन इच्छुक मन्त्रालय, अन्तर्गतका निकाय र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरूले तालिममा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्