Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडल अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै

मोडलिङ जगतमा फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

६ भागमा निर्माण हुन लागेको शेयरिङ अ राइड’ फिल्ममा लामाले अभिनय गर्न लागेकी हुन् ।  यो फिल्मका निर्देशन संसारभरीका विभिन्न महिला निर्देशकले गर्नेछन् । यो फिल्ममा कलाकारदेखि निर्देशक सबै महिला मात्रै हुनेछन् ।

डेडलाइनको एक रिपोर्ट अनुसार अञ्जली लामा, बलिउड नायिका ज्याकलिन फर्नान्डिससँग फिल्म निर्माता लिना यादवद्वारा बनाइएको एक भागमा देखिनेछन् जसको टाइटल हुनेछ ‘शेयरिङ अ राइड’ ।

लर्वोलिनो इन्टरटेन्मेन्टको सह निर्माण र गैर नाफामूलक निर्माण कम्पनी वि डु इट टुगेदरले बनाएको यो प्रोजेक्टमा फिल्मनिर्माता मरिया सोल टोंगान्जी, लुसिया पुएन्जो र क्याथरिन हार्डविक सँगै काम गर्नेछन् ।
लिना यादवले पार्च्ड, शब्द र तीन पत्तीजस्ता सफल फिल्ममा निर्देशन गरिसकेकी छिन् । यो फिल्मले महिलाको जीवनका विभिन्न पाटोलाई देखाउने कोसिस गर्नेछ ।

डेडलाइनद्वारा जारी गरिएको एक बयानमा वि डु इट टुगेदरकी संस्थापक चियारा टिलेसीले भनिन्, ‘वि डू इट टुगेदरमा हाम्रो उद्देश्य मिडिया र फिल्ममा महिलाको छवि परिवर्तन गरेर एक अब्जेक्टको साटो सब्जेक्ट बनाउनु हो ।’

लामाले भनिन्, ‘हामी महिलाको कहानी सुनाउनेतर्फ काम गरिरहेका छौं, क्यामराको अगाडि र क्यामराको पछाडि पनि । त्यसैले पनि महिलाको कहानी हाम्रो लागि यति धेरै महत्वपूर्ण छ ।हामीले संसारभरीका थुप्रै महिला निर्देशकलाई एक साथ ल्याएका छौं जसले एउटा समूह भएर नीजि कहानीलाई आफ्नो दृष्टिकोणले संसारलाई सुनाउनेछन् । हामी यी अभिनेत्री-मोडलदेखि उनीहरुको प्रेरणासम्म र स्वास्थ्यकर्मीदेखि उनीहरुको आमासम्मका सब कहानी सुनाउनेछौं ।’

प्रकाशित मिति: Jan 29, 2021

प्रतिक्रिया दिनुहोस्