Logo
७ बैशाख २०८१, शुक्रबार
(January 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः गोविन्द प्रसाद कलौनी

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताका छन् ।

शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ-आफ्नो तह र तप्काबाट योगदान पु र्‍याउन आजको दिनले प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख कलौनीले प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गर्दै सहादत प्राप्त गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायत देश र जनताका लागि आफ्नो जीवन न्यौछावर गर्ने शहीदहरुले गरेको त्याग र बलिदानको परिणामस्वरूप नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको बताएका छन् ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्मका विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै उनले सन्देशमा भनेका छन्,

“सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै शहीदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।”

प्रकाशित मिति: Jan 29, 2021

प्रतिक्रिया दिनुहोस्