Logo
८ बैशाख २०८१, शनिबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि ल्याउन्न : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन्।

बुधबार आफु नकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले १० सिट पनि नजित्ने दाबी गरेका हुन्।

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी गरे। जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। उनले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने बताए।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको दावी गरे। विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठीक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए।

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्