Logo
१२ बैशाख २०८१, बुधबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयद्वारा सरकारी सवारीमा इम्बोस्ट नम्बर प्लेट जोड्न निर्देशन

सरकारी सवारीको दुरुपयोग रोक्न इम्बोस्ट नम्बर प्लेट जोड्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

सरकारी नम्बर प्लेट भएका सवारी साधनहरूमा ‘हाई सेक्युरिटी इम्बोष्ट भेइकल नम्बर प्लेट’ अविलम्ब जडान गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

गृह मन्त्रालय आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालय अन्तर्गत विभिन्न निकायले प्रयोग गर्ने सेतो (सरकारी) नम्बर प्लेटको सवारीमा रातो(निजी प्लेट) राखी दुरुपयोग हुन सक्ने भन्दै इम्बोष्ट नम्बर प्लेट प्रयोग गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

इम्बोष्ट नम्बर प्लेट सवारी साधनको सुरक्षा तथा प्रयोगका लागि प्रभावकारी मानिन्छ । मन्त्रालयले यस्तो निर्देशन दिइरहँदा त्यहीकै केही उच्च अधिकारीलगायतले सेतो(सरकारी) नम्बर प्लेटलाई रातो(निजी) नम्बर प्लेट बनाएर प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्