Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को ८ वटै जिल्लामा कोरोनाविरुद्धको खोप सुरु, मुख्यमन्त्रीद्धारा उदघाटन

प्रदेश २ मा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आजदेखि सुरु भएको छ ।

प्रदेश २ को आठवटै जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप लगाउने अभियान बुधबार बिहानदेखि सुरु भएको हो ।

प्रदेश नम्बर २मा तिन ठाउबाट सुरु गरिएको उक्त अभियानको आज वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत ले उदघाटन गरेका छन् ।

कोरोना भ्यासिन अभियान कार्यक्रमको उदघानमा बोल्दै मुख्यमन्त्री गदीले पुरा विश्वनै कारोना रोगबाट आक्रांत रहेको संकटको घटीमा भारतले नेपाललाई भ्यासिन प्रदान गरेर अतुलनीय सहयोग गरेको बताए ।

चुनौतिपुर अवस्थामा भारतले छिमेकि मुलुकहरुलाई भ्याकसिन सहयोग गरेर दुबै देशबिचको सम्बन्ध झन प्रगाढ भएको बताउदै उनले भारतको नेपाल प्रतिको भूमिका एउटा छिमेकि भन्दा पनि असल हितैसीको रुपमा रहेको बताए ।

कारोनाका महामारीमा फ्रन्टलाईमा काम गर्दै आएका स्वास्थ्य कर्मि,सुरक्षा कर्मि लगायतकायोद्धाहरु लगशिलतालाई प्रशन्सा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

कारोना विरुद्धको खोप नारायणी अस्पतालका स्वस्थ्यकर्मी हेमा थापालाई लगाउदै अभियानको शुभारम्भ गरिएको थियो ।

यसैगरी प्रदेश २ को केन्द्र जनकपुरधाम र सप्तरीको राजविराज गरि तत्काल तिन ठाँउहरुबाट खोप लगाउन अभियान आजबाट सुरु गरिएको छ ।

अस्थाई राजधानी जनकपुरधाममा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा सप्तरीको राजविराजमा समाजिक विकास मन्त्री नवल किशोर साहले खोप अभियानको समुदघाटन गरेका छन् ।

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सर्व प्रथम आफै खोप लगाएर अभियानको समुदघाटन गरेका छन् ।

पुर्व खेलाडी समेत रहेका यादवले खोप मानवजातीको हितमा रहेको र आफु दैनिक संयौंको सम्पर्कमा आउने गरेकाले खोप लगाएर जनताबिच भइलाइएको भय त्रास कम गर्न चाहेको बताए ।

विकासशील देशमा एक वर्षभित्रै खोप आउनु ठूलो उपलब्धी रहेको भन्दै उनले दुःखको बेला सहयोग गर्ने छिमेकी भारतलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिएका छन् ।

आजबाट सुरुगरिएको प्रथम चरणको खोप अभियानमा कोरोनाका फ्रन्टलाइनरहरु स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी सहित ७० वर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई लगाईने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए ।

यद्यपि प्रदेश २ का मन्त्रीले नै खोप लगाएपछि झनै डर भय त्रासको वातावरण कम हुने उनले बताए ।

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्