Logo
७ बैशाख २०८१, शुक्रबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता अजय देवगनलाई लाग्यो झड्का !

बलिउड अभिनेता अजय देवगनलाई यतिबेला ठूलो झड्का लागेको छ ।

उनि पछिल्लो समयमा अभिनेता देवगन तनावमा परेका छन् किन भने उनको अभिनय गहेका दुई चलचित्र जुध्ने भएपछि देवगन तनावमा परेका हुन् ।

देवगनको अभिनय रहेका दुई चलचित्र आरआरआर र मैदान जुध्ने भएपछि उनलाई हुन सम्म तनाव भएको छ।

दुवै चलचित्र एकै दिनमा रिलिज हुने लगभग पक्का जस्तै भइसकेको छ।आरआरआर बाहुबली जस्तो चलचित्र बनाइसकेका एसएस राजामौलीले बनाएका हुन् भने उक्त चलचित्रमा देवगनका अलावा दक्षिण भारतका सर्वाधिक चर्चित दुई नायक जुनियर एनटीआर र राम चरण पनि देखिँदैछन्। चलचित्रमा बलिउड नायिका आलिया भट्टको पनि मूख्य भूमिका रहेको छ।

त्यस्तै फिल्म मैदान भने बोनी कपुरले निर्माण गरेका हुन् । चलचित्रमा देवगनसँगै दक्षिण भारतीय चलचित्र क्षेत्रमा चर्चित नायिकाहरु कीरथि सुरेश र प्रियमणिको पनि मूख्य भूमिका रहेको छ।

दुवै चलचित्र आउँदो दशैंमा रिलिज हुने पक्का भइसकेको छ। आफ्नो चलचित्र आरआरआरसँग जुध्ने भएपछि बोनीले दुःख व्यक्त गरेका छन् ।

आफूले दसैंमा मैदान ल्याउने घोषणासहित तयारीमा जुटेको बेला राजामैलीले आरआरआरको रिलिज मिति पनि सोही समयमा घोषणा गरेपछि आफू दुखि भएको बोनीको भनाई छ।

यस्तै भारतीय संचार माध्यमहरुका अनुसार बोनी कपुरले अभिनेता अजयलाई यसरी फिल्म नजुधाउनका लागि राजामौलीसँग बार्ताको लागि अनुरोध समेत गरेका छन्।

दुवै फिल्म एकसाथ आउँदा दुवै निर्मातालाई असर पर्ने भन्दै बोनी कपुरले देवगनलाई बार्ता गर्न अनुरोध गरेको बताइन्छ।एजेन्सी

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्