Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : मदिरा सेवन गर्ने मानिसले कोरोना खोप लगाउन हुन्छ कि हुदैन?

नेपालमा कोरोना भाइरसको भ्याक्सीनको अभियान आजबाट सुरु भएको छ । आज कोरोनाविरुद्धको अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले सुभारम्भ गरेका थिए ।

धेरै देशमा भ्याक्सीनको पहिलो चरण सम्पन्न भईसकेको छ । यस्तैमा भ्याक्सीनको बारेमा थुपै प्रश्न र जिज्ञासा रहेका छन् ।

कोरोना खोपबारे केहि हल्ला फैलिरहेको छ र त्यसकारण आमजनतामा कोरोना खोप प्रति भ्रम पैदा भएको छ र केहि मान्छेले अधुरो जानकारीमा निष्कर्ष निकालिरहेका छन्। अहिलेका मानिसहरुले प्रायसबैले मदिरा सेवन गर्ने गर्छन् ।

तर यो खोप लगाउदा मदिरा सेवन गर्न हुन्छ या हुदैँन भन्ने अहिले आम जनताको चासोको विषय बनेको पाइन्छ ।

यदि मदिरा सेवन गर्दा भ्याक्सीनको क्षमतामा असर पर्छ कि पर्दैन भन्ने सवाल उठिरहेको छ । आज हामी तपाईलाई यहि सम्वन्धी जानकारी दिन गइरहेका छौं

रुसी स्वास्थ्य विज्ञले भने चेतावनी दिएका छन् कि भ्याक्सीन लगाउनुभन्दा २ महिना पहिला मदिरा सेवन गर्न छोड्नुपर्छ।

विज्ञका अनुसार धेरै मदिरा पर्योग गर्ने व्यक्तिको रोग प्रतिरोधी क्षमता कम हुने र भ्याक्सीनको प्रभाव साबित गर्न मुश्किल हुने बताएका छन्।

लन्डनको विज्ञका अनुसार कोरोना भाइरसको भ्याक्सिन लिनुभन्दा केहि दिन पहिला र केहि दिन पछिसम्म मदिरा सेवन गर्नु हुदैन।

भ्याक्सीनको राम्रो परिणामको लागि इम्यून सिस्टम राम्रो हुनुपर्छ ।यदि भ्याक्सीनको प्रयोग गर्नुभन्दा पहिला मदिरा सेवन गर्यो भने त्यसको प्रभाव पर्न सक्छ।

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्