Logo
८ बैशाख २०८१, शनिबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी सुरु गरीयो कोरोनाविरुद्धको खोप अभियान (फोटोफिचर)

नेपालमा कोरोनाविरुद्धको खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले वाचन गरेर सुनाएका थिए ।

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भपछि सम्बोधन गरेका थिए ।

स्वास्थ्य तथा जनसङ्खयामन्त्री हृदयेश त्रिपाठी कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराएका थिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने भएको छ ।

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्