Logo
११ बैशाख २०८१, मंगलबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव गौतम

संसद् विघटनपछि दुई चिरा परेको नेपाल कम्युनिष्ट पार्टीलाई एक बनाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् ।

ललितपुरको एक होटलमा बिहान ११ बजेपछि कार्यक्रम गरेर गौतमले अभियान घोषणा गर्न लागेका छन् ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताएका छन् ।

सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैलाई निम्तो दिइएको छ । नेकपा दुई चिरा भई हाल एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व दाहाल र माधव नेपालले गरेका छन् ।

संसद् विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उनको भनाई छ ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम-प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ ।

संसद् विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आएका गौतम संसद् विघटनपछि भने कुनै पनि समूहमा रहेका छैन् ।

आफू दाहाल-नेपाल समूह या ओली समूहमा नजाने भन्दै उनले पार्टी एकता अभियान सुरु गर्न लागेका हुन् ।

 

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्