Logo
८ बैशाख २०८१, शनिबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

नेपाली कांग्रेसको आज मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरु भएको छ ।३० गते काठमाडौँका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संसद् विघटनको विरोधमा काग्रेस निरन्तर संघर्षरत रहेको छ । यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्