Logo
१५ चैत्र २०८०, बिहीबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र दिवसको दिनमा भारतमा प्रहरी र किसानबिच झडप

छिमेकी देश भातमा आज ७२ औँ गणतन्त्र दिवस मनाएका छन् ।

भारतको दिल्लीको सीमा क्षेत्रमा विगत दुई महिनादेखि धर्ना तथा प्रदर्शन गर्दै आएका किसानहरुले मंगलबार गणतन्त्र दिवसका अवसर पारेर ट्रयाक्टर परेडसहित दिल्ली प्रवेश गरेका हुन् ।

कडा सुरक्षाका बिच तीन विवादास्पद कृषि कानूनको विरोधमा भारतको राजधानी दिल्लीमा किसानले प्रदर्शन गरेका छन् ।

त्यसक्रममा प्रहरी र किसानबिच झडप भएको छ । दिल्लीको रेलवे स्टेशन नजिक झडप भएको हो ।

प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको भिडियो समाचार संस्था एएनआईले सार्वजनिक गरेको हो । दिल्लीका धेरै मेट्रो स्टेशन बन्द भएका छन् ।

प्रहरीले किसानलाई तितरवितर पार्न अश्रु ग्यास प्रहार गरेको छ ।

 

 

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्