Logo
१३ बैशाख २०८१, बिहीबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले गर्‍यो टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द

छिमेकी देश भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ।

भारतीय सञ्चारमाध्यमका अुनसार यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले सधैँका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो।

भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ। अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकबीच झडप भएको र दुबै पक्षका २४ जना घाइते भएका छन्।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्