Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् : गर्भवती करीना कपुर खानको ‘हट’ योगा !

बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो गर्भवती अवस्थामा रहेकी छन् । उनी आफ्नो दोस्रो बच्चाको आगमनको पर्खाइमा रमाइरहेकी छन् ।

उनले हाले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।

सार्वजनिक केही तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् ।

तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ । तस्बिरका साथ करीनले लेखेकी छन् ‘थोरै योग, थोरै शान्ती ।’

दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।

करीनाले अहिले फिल्म ‘लाल सिंह चढ्डा’को सुटिङ सकेकी छन् । फिल्ममा आमिर खानको समेत मुख्य भुमिका रहेको छ ।एजेन्सी

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्