Logo
१२ बैशाख २०८१, बुधबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतालाई जनगणना सम्बन्धी पर्याप्त सूचना दिन तथ्यांक विभागलाई आयोगको आदेश

केन्द्रीय तथ्यांक विभागलाई जनगणना २०७८सम्वन्धमा जनतालाई पर्याप्त सूचना दिन राष्ट्रिय सूचना आयोगले आदेश जारी गरेको छ ।

आगामी २०७८ सालमा १२ औँ जनगणना कार्यक्रम सञ्चालन गर्न लागेकाले यसका बारेमा जनतालाई विभिन्न माध्यमबाट पर्याप्त सूचना जानकारी दिन सोमबार विभागले आदेश जारी गरेको हो ।

राष्ट्रिय जनगणना के हो ?, यसमा सबैले सहभागी हुन किन आवश्यक छ ? सही जानकारी दिन किन महत्वपूर्ण छ ? साथै दिइएको जानकारी गोप्य रहन्छ भन्ने विषयमा नागरिकलाई विश्वास दिलाउने विषयहरुमा व्यापक प्रचार प्रसार गर्नु भनी आदेशमा भनिएको छ ।

सञ्चारका आधुनिक माध्यमजस्तै मोबाइल, एसएमएस, कलर ट्युन,टोलफ्रि नम्बरमार्फत आमनागरिकलाई जनगणनाको महत्वबारे सूचना दिई सूचना को हक कार्यान्वयन गर्न आदेश जारी गरेको हो ।

स्थानीय स्तरमा रहेका आमसञ्चारका माध्यमहरुमार्फत राष्ट्रिय जनगणनाका सन्दर्भमा गरिने प्रचारप्रसार सामग्री नेपाली भाषा लगायत स्थानीय रुपमा प्रचलनमा रहेका राष्ट्रिय भाषाहरुमा पनि प्रकासन तथा प्रसारण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

जनगणनाका बारेमा नागरिकले पर्याप्त सूचना वा जानकारी पाउनुपर्ने आयोगको ठहर छ ।नेपालको संविधानको धारा २७ मा हरेक नेपाली नागरिककोे कुनै पनि सार्वजनिक सूचनामा पहुँच हुने व्यवस्था रहेको छ ।

नेपालको वर्तमान संविधान आइसकेपछि पहिलोपटक र १२ औँ जनगणनाका रुपमा अहिले तयारी भइरहेको जनगणना २०७८ को यसपालीको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ रहेको छ ।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्