Logo
८ बैशाख २०८१, शनिबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनका सैनिकबीच सीमामा फेरि झडप, २४ सैनिक घाइते

छिमेकी देश चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप भएको छ । उक्त झडपमा भारत र चिनका गरी२४ सैनिक घाइते भएका छन् ।

झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो।

चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ।

अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको छ।पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो।

यसअघि गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन।भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन।

सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो।पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

 

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्