Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २७० कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

नेपालमा आज २७० जनाकोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप ४०३ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। अहिले सम्म नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

अहिले देशभर ३ हजार ३ सय १२ सक्रिय कोरोनासंक्रमित रहेकोे मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्