Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाविरूद्ध खोप अभियान बुधबारदेखि सुरु हुने

नेपालमा कोरोनाविरुद्धको खोप लगाउने अभियान यहि माघ १४ गते बुधवार सुरु गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आज मख्यमन्त्रीहरुसँग भएको छलफलमा आउँदो बधवार १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिएका छन् ।

त्रिपाठीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप आइतबार सातै प्रदेशमा पठाइसकेको छ ।

सुरूमा कोरोनाविरूद्ध लडाइँमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको तयारी छ। भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ।

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्