Logo
८ बैशाख २०८१, शनिबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय तथ्याङ्क विभागले माग्यो करारमा ४७ हजार कर्मचारी

केन्द्रीय तथ्याङ् विभागले करारमा ४७ हजार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो ।

राष्ट्रिय जनगणना सञ्चालक निर्देशिका २०७७ को दफा १३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सुपरीवेक्षक तथा गणकको लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

तथ्याङ्वि भाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको माग भएको छ ।इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्नसक्ने छन् ।

सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र गणकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

आगामी २०७८ जेष्ठ २५ देखि अषाढ ८ सम्म १२औं जनगणना हुँदै छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागगिता’ रहेको छ ।

दरखास्तका लागि यहाँ क्लिक गर्नुहोस् :

https://censushrms.cbs.gov.np/

 

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्