Logo
४ बैशाख २०८१, मंगलबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपर सोको ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर भित्रिए नेपाली बजारमा !

सुपर सोको ब्रान्डका पाँच मोडलका इलेक्ट्रिक बाइक तथा स्कुटर नेपाली बजारमा भित्रिएको कम्पनीले सार्वजनिक गरेको छ ।

डी-लाइफ स्टाइल्स प्रालिले ‘रिभोल्ट’ नाराका साथ पाँच मोडलका इलेक्ट्रिक बाइक तथा स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको टीसी म्याक्स बाइक, सुपर सोको टीसी बाइक र सुपर सोको टीएसएक्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो ।

सुपर सोको सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक आभूषण ज्योति कंशाकारले समयको माग अनुसार वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन भित्र्याएको बताए ।

यी बाइक तथा स्कुटर नेपाली हावापानी र बाटो सुहाउँदो रहेको बिक्री प्रवन्धक हरि दाहालले बताए ।कम्पनीको शोरुम लाजिम्पाट सांग्रिला होटल अगाडि र लगनखेलमा छ । शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित सुपर सोको खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सुपर सोको पीसीएक्स
यसमा पनि डबल डिस्क सीबीएस ब्रेक छ र ४ हजार वाटको पावर छ । डबल ब्याट्री भएको सो स्कुटरले २ सय किमीको रेन्ज दिन्छ । यसको टप स्पिड ९० किमी प्रतिघण्टा छ । व्यस्त ट्राफिकको समयमा सहजताका लागि यसमा वान-पुस रिभर्स सिस्टमको व्यवस्था छ ।

सुपर सोको टीसीम्याक्स बाइक
यसमा डबल डिस्क ब्रेक सहितको ५ हजार वाटको मोटर छ । यसको टप स्पिड ११० किमी प्रतिघण्टा छ । आल्मुनियम र स्पोक ह्विल छनोट गरी बाइकरहरुले आफ्नो आवश्यकता पुरा गर्न सक्छन् ।

सुपर सोको सीयूएक्स
२७८८ वाटको पावर र डबल डिस्क सीबीएस भएको यो स्कुटरले ८५ किमीको रेन्ज दिन्छ भने यसको टप स्पिड ७५ किमी प्रतिघण्टा छ । परिवर्तन चाहने सहरी युवाहरुलाई लक्ष्यित गरी यसको डिजाइन गरिएको छ ।

सुपर सोको टीएसएक्स बाइक
यसमा बोसको ३ हजार वाटको मोटर छ भने टप स्पिड ८० किमी प्रतिघण्टा छ । यसमा डबल डिस्क सीबीएक्स, १६ इन्चको ट्युबलेस टायर र सुरक्षाको लागि चम्किलो हेडलाइट छ ।

सुपर सोको टीसी बाइक
यसमा ३ हजार वाटको पावरफुल मोटर छ भने यसले १६० किमीको रेन्ज दिन्छ । डबल ब्याट्री भएको यो बाइकको टप स्पिड ८० किमी प्रतिघण्टा छ भने एड्भेन्चर मन पराउने युवाहरुले यसलाई रुचाउने बताइएको छ । नेपाल अटो

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्