Logo
१५ चैत्र २०८०, बिहीबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनलाई थप शसक्त बनाउन आज दाहाल-नेपाल समूहको स्थायी कमिटिको बैठक

नेकपा दाहाल नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दैँ छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हिजोको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ ।

आजको बेठकले संसद विघटनबारे अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा छलफल गर्नेछ ।

 

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्