Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ३०२ जनामा कोरोना पुष्टि, ७ संक्रमितको मृत्यु

नेपालमा आज ३ सय २ जनामा कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएकोमा ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज थप ४ सय ८० जना कोरोना संक्रमित संक्रमणकूक्त भई डिस्चार्ज भएका छन्। हालसम्म कोरोना निको हुनेको कुल संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्