Logo
४ बैशाख २०८१, मंगलबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली अरिंगालको गोलो र साइबर सेनासँग विशाल पार्टीसँग लड्ने क्षमता छैन : नेपाल

नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ओलीको अरिंगाल र साइबर सेनासँग विशाल पार्टीसँग लड्ने क्षमता नभएको बताएका छन् ।

शुक्रबार काठमाडौमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको भन्दै ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको बताएका हुन् ।

नेपालले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर ओली हिटलरको बाटोमा हिँडेको बताएका छन् । ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नु परिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने नेपालले बताएका छन् ।

नेपालले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए ।

नेपालले शुक्रबारको प्रदर्शन र सभा हेर्दा आफुलाई जनआन्दोलनको झझल्को दिएको भन्दै भने, ‘आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिएको अनुभव भएको छ’, नेता नेपालले भने, ‘केपी ओलीले संविधान, पार्टी, लोकतन्त्र र देशको स्थायित्वविरुद्ध प्रहार गरेका छन् ।’

अध्यक्ष नेपालले केपी ओलीलाई पार्टीले कारवाही गरिसकेको भन्दै उनी रहन्जेल पार्टी र सरकार कुनैपनि अघि बढ्न नसकेको जिकिर गरे ।

ओली प्रवृतिको चर्को आलोचना गरेका नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे ।

 

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्