Logo
१५ चैत्र २०८०, बिहीबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समुहको जुलुसले काठमाडौंका सबै सडक अस्तव्यस्त, यात्रुलाई सास्ती

नेकपा दाहाल नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण काठमाडौंका अधिकांश सडक ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

आज काठमाण्डौ ९ ठाउँबाट नेकपाका जुलुस निस्किएका छन्।काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्।

माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्। ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

ट्राफिक महाशाखाले अनुसार मुख्य सडकमा जाम ठूलो छ र त्यसको असर रिङरोडमा परेको बताएको छ ।मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्