Logo
१५ चैत्र २०८०, बिहीबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र स्थानीय तहमा बुझाउन आयोगको आग्रह

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै आयोगले जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले  भनेको छ ।

निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु आयोगले तोकेको छ । फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ ।

जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ ।

थप जानकारीको लागि आयोगको सूचना हेर्नुहोस् –

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्