Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोबाइल फोनमा स्टोरेज कसरी बढाउने ? जान्नुहोस् !

आजभोलि हरेकको हात हातमा मोबाइल छ । चार्डवार्ड भेटघाटको समयमा आफन्त साथीसंगीसँग फोटो खिच्न सबैलाई मन लाग्छ । त्यसैले पनि मोबाइल फोनमा र्याम र स्टोरेजको महत्वपुण स्थान रहेको हुन्छ ।

कुनै बेला फोटा क्लीक गर्दा, भिडियो बनाउदा, या केही डाउनलोड गर्दा मोबाइल फोनमा स्टोरेज कम भएको अलर्ट आउछ । स्टोरेज कम भएपछि डाउनलोड गर्न तथा फोटो खिच्न समस्या हुने गर्दछ । कसरी तत्काल मोबाइल फोनको स्टोरेज बढाउने उपाय पनि छन ः

फोनको स्टोरेज समस्या हटाउनको लागि फोटोलाई कम्युटरमा राखेर फाइल्सको डिलिट गरेर स्पेस बनाउन सकिन्छ । कनै समय तुरुन्तै स्टोरेज कम गर्न आवश्यकता पर्न पर्न सक्छ । हरेक समय तपाईसाग कम्युटर नहुन सक्छ, हुदैन । हर समय कम्युटरको आवश्यकता पनि छैन । मोबाइलमा सबै भन्दा धेरै स्पेस लिने एप्स कुन छ हेर्ने र त्यसलाई हटाउने गर्न सकिन्छ ।

एन्ड्रोइड स्मार्ट मोबाइल छ भने सेटिङमा गएर कुनमा बढि स्टोरेज बढि छ भन्ने कुरा प्रष्ट भई अनावश्यक एप्स हटाउनु पर्दछ यसले फोनमा स्टोरेज बढ्न जान्छ । जुन काम नलाग्ने एप्स छ त्यसलाई पनि डिलिट गरेपछि फोनमा स्टोरेज बढ्न जान्छ ।

आइफोज प्रयोग गर्नु हुन्छ भने सेटिङमा गएर जेनरलमा क्लीक गर्ने र त्यसको स्टोरेजमा क्लीक गर्ने मेन स्टोरमा जाने जहाँ फोनका स्टोरेज देखिन्छ । यसबाट हेरेर पनि फाइल्स हटाउन सकिन्छ । जुन एपको काम छैन । त्यसलाई मोबाइल फोनबाट हटाउन सकिन्छ ।

पुराना काम नलाग्ने म्यासेज, बेकारका फोटोहरु मोबाइलबाट हटाउने गर्नु पर्दछ ।

इमेलसँग जोडिएका फाइल्स पनि हामी हामीले डाउलोड गरेका हुन्छौं जुन फोनमा सेभ भएर बसेको हुन्छ । यसले पनि फोनमा धेरै स्पेस लिन्छ । यसकारण यसलाई पनि डिलिट गर्नु पर्ने हुन्छ ।

सबै अनावश्यक चिज हटाउदा पनि स्टोरेज कम भयो भने काम लाग्ने फोटो भिडियोलाई क्लाउड स्टोरेजमा सेभ गर्ने । कुनै पनि डाटाको अर्काइभ गर्नको लागि क्लाउड स्टोरेज राम्रो अप्सन हुन्छ । ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्