Logo
८ बैशाख २०८१, शनिबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री रागिनी द्विेदीलाई स्यान्डलवुड ड्रग्स केसमा सर्वोच्च अदालतको जमानत

भारतीय अभिनेत्री रागिनी द्विेदीलाई ‘स्यान्डलवुड ड्रग्स केस’ मा भारतको सर्वोच्च अदालतले जमानत दिएको छ ।

सेन्ट्रल क्राइम ब्रान्चले कन्नड फिल्म उद्योगमा मादक पदार्थको प्रयोगको मामिलामा अभिनेत्री रागिनीलाई पक्राउ गरेको थियो ।

रागिनीमाथि मादक पदार्थको कारोबार गर्नेहरुलाई सम्पर्क गरेको आरोप छ ।यसअघि कर्नाटक हाईकोर्टले नोभेम्बर २ मा रागिनीको जमानत याचिका खारेज गरिदिएको थियो ।

आज बिहिबार सर्वोच्च अदालतका तीन न्यायाधिसको बेन्चले उनको जमानतको आदेश दिएका हुन् । यो बेन्चको अध्यक्षता जस्टिन रोहिंगटन फली नरिमनले गरिरहेका थिए ।

सुनुवाईको क्रममा जस्टिस नरिमनले भनेका छन्, ‘सरसर्ती हेर्दा यस्तो लाग्छ कि अभियोजन पक्षले रागिनीविरुद्ध गलत तरिकाले केही धारा लगाएका छन् । त्यसैले यो मामिलामा उनले जमानत पाउनुपर्छ ।’

रागिनी ४ सेप्टेम्बरदेखि न्यायिक हिरासतमा छिन् । तर बिहिबारको सुनुवाईपछि नरिमनले कर्नाटक हाइकोर्टको निर्णय उल्ट्याइदिएको छ ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्