Logo
८ बैशाख २०८१, शनिबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तातोपानी नाका भोलीदेखि २० दिन बन्द हुने

तातोपानी नाका बिहीबारदेखि बन्द हुने भएको छ । नेपाल र चीनको सिमानामा रहेको मितेरी पुल मर्मत गर्न २० दिनका लागि नाका बन्द गर्न लागेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

पुल मर्मतका लागि चिनियाँ पक्षले जनवरी २१ देखि २० सम्म नाका बन्द गर्ने निर्णय गरेसँगै नाका बन्द गरिएको खत्रीले बताए ।

बाढीले क्षति पुर्‍याएको पुल निर्माण सम्पन्न हुनसाथ नाका सुचारु गरिने खत्रीले जानकारी दिए । केही दिन अघिमात्र आएको बाढीले पुलमा थप क्षति पुर्‍याएको थियो ।

नाकामा रहेका मालसामानहरु पुल बन्द हुने भएपछि छिटो–छिटो गरी नेपाल प्रवेश गराइएको छ। तातोपानी नाकाबाट दैनिक १८/२० ओटा मालबाहक गाडी नेपाल प्रवेश हुँदै आएको खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्