Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपि ओली महाप्रतिगमनकारी : राजेन्द्र महतो

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने केपी ओली जनता र संविधान दुवैका हत्यारा हुन् ।

‘हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो ।

ओली महाप्रतिगमनकारी हुन्,’ महतोले भने । ‘ओलीले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे,’ महतोले भने, ‘उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’

ओलीको पतन जरुरी भएको बताउँदै महतोले संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आफूहरु आन्दोलनमा होमिएको उनले बताए ।

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्