Logo
८ बैशाख २०८१, शनिबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीबाट नै अदालतलाई धम्क्याउने कार्य भइरहेको छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्माबाट नै अदालतलाई धम्क्याउने कार्य भइरहेको आरोप लगाएका छन् ।

‘आफ्नो पक्षमा फैसला ल्याउन सरकारद्वारा सर्वोच्च अदालतलाई धम्क्याएर निर्देशित गर्ने कार्य भइरहेको छ, लोकतन्त्रमा यो सुहाउँदैन्,’ यादवले भने ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै यादवले नेपालको संवैधानिक व्यवस्था लुडोको खेलमा रहेको सर्प सिँढीको खेल जस्तै भएको आरोप लगाए ।

‘सात सालमा अन्तरिम संविधान जारी भयो । पहिला राजा त्रिभुवन त्यसपछि राजा महेन्द्रले कार्यान्वयन गरेनन् । १५ सालमा बनेको संविधानलाई उल्लंघन गरेर राजा महेन्द्रले १७ सालमा कू गरे,’ यादवले भने,‘४७ सालको संविधानलाई बाधा अड्काउ फुकाउको नाममा ज्ञानेन्द्रले कुल्चँदै संसद् विघटन गरी प्रतिगमन गरे ।

६३ को अन्तरिम संविधानमा संघीयता, गणतन्त्र, समावेशी र पहिचानका कुरा उल्लेख नै गरिएनन् । अन्तरिम संविधानलाई रातारात संशोधन गरी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाए ।

अनि मधेसीमाथि दमन गरेर ल्याइएको र विश्वकै उत्कृष्ट भनिएको संविधान अहिले ओलीले उल्लंघन गरेका छन् ।,’ अधिकार सुरक्षित नभए आफूहरु जस्तोसुकै संघर्ष गर्ने यादवले बताए ।

प्रधानमन्त्री ओलीले संघीयता, लोकतन्त्र र परिवर्तन उपर प्रहार गरेको उनले आरोप लगाएका छन् । यादवले कांग्रेस र कम्युनिष्टले पटकपटक नेपालको संविधानको उल्लंघन गर्दै आएको आरोप लगाउँदै पछिल्लो कडीका रुपमा ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्