Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साराको माल्दिभ्स समुन्द्रमा खिचेको फोटो बन्यो भाइरल

बलिउड सेलिब्रेटीहरु लकडाउन समाप्तीपछि माल्दिभ्स जानेक्रम बढ्दो रहेको छ । अभिनेत्री सारा अली खान अहिले माल्दिभ्समा घुमघाममा मस्त रहेकी छन् ।

उनी माल्दिभ्स पुग्नासाथ आफ्ना फ्यानहरुका लागि सुन्दर तस्बिरहरु शेयर गरेकी छिन् । साराको नयाँ तस्बिरहरुलाई फ्यानहरुले पनि निकै मन पराइरहेका छन् ।

सारा अली खानको इन्स्टाग्राममा २ करोड ९९ लाख फलोअर्स छन् । उनी समय-समयमा आफ्ना तस्बिर र भिडियोहरु शेयर गर्छिन् ।

पछिल्ला दिनमा सारा आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ मा अक्षयकुमार र धुनषसँगै देखिदैंछिन् । यसअघि उनी ‘कुली नम्बर वान’ मा वरुण धवनसँग देखिएकी थिइन् ।

२५ वर्षीया सारा अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी हुन्। साराका हजुरबुबा मन्सुर अली खान पतौडीका मानार्थ राजा तथा भारतीय क्रिकेट टिमका कप्तान थिए ।

हजुरआमा शर्मिला टैगोर पनि आफ्नो जमानाकी चर्चित अभिनेत्री हुन् । कोलम्बिया विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन सकेपछि साराले सन् २०१८ मा केदारनाथ फिल्ममार्फत बलिउड डेब्यु गरेकी थिइन् । त्यसपछि यही वर्ष सिम्बा प्रदर्शनमा आयो ।

दुबै फिल्म व्यवसायिक रुपमा सफल भए । साराको अभिनयको पनि निकै प्रसंशा भयो । उनले यसवर्ष उत्कृष्ट अभिनेत्रीका लागि फिल्ममेयर अवार्ड पाइन् ।

२०१९ मा फोब्र्सले जारी गरेको सेलिब्रेटी १०० को सुचीमा सारा पर्न सफल भएकी थिइन्।

 

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्