Logo
८ बैशाख २०८१, शनिबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्ज र काठमाडौंका यी स्थानमा ७ देखि ३० घण्टासम्म बती जाने

काठमाडौं र नेपालगञ्जका यी स्थानमा ७ देखि ३० घण्टासम्म बती नआउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा ७ देखि ३० घण्टासम्म विद्युत आपुर्ति बन्द गर्ने जनाएको छ ।

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ सवस्टेशनबाट विद्युत आपूर्ति हुने स्थानमा विद्युत काटिने प्राधिकरणणले जनाएको छ ।

चुनिखेल फिडर अन्तर्गत वितरण गरिएको भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारीमा विद्युत आपुर्ति बन्द हुने भएको छ ।

आवश्यक मर्मतका लागि भन्दै प्राधिकरणले बिहान १० बजेदेखि ५ बजेसम्म ७ घण्टा विद्युत आपुर्ति बन्द गर्न लागेको हो ।

यसैगरी प्राधिकरणले नेपालगञ्ज विरतण केन्द्रको खजुरा फिडर अन्तर्गत खजुरा गाउँपालिका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

खजुरा गाउँपालिकामा सडकमा रहेको विद्युतको पोल सार्ने काम गर्नुपर्ने भएकाले बिहीबार बिहान ११ बजेदेखि शुक्रबार साँझ ५ बजेसम्म विद्युत बन्द हुने छ । सो क्षेत्रमा ३० घण्टासम्म विद्युत बन्द हुने जनाइएको छ ।

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्