Logo
८ बैशाख २०८१, शनिबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. भट्टराई भन्छन् : ‘ओली प्रतिगमन अहिले प्रमुख खतरा हो,किन्तुपरन्तु नगरौं’

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताएका छन् ।

उनले आज बुधबार ट्विट गर्दै अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं भन्ने धारणा राखेका छन् ।

पछिल्लो समय सडक संघर्षमा होमिएपनि संसद पुनस्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो ।

काँग्रेस सभापति शेर बहादुर देउवाले सर्वोच्चले संसद पुनस्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्विकार्य भएको बताउँदै आएका छन् ।

त्यसैले ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थबस्नाले वेठीक, असत्य र अन्यायलाई मद्दत गर्ने भट्टराइको तर्क रहेको छ ।

भट्टराईले बुधबार ट्विट गर्दै भनेका छन् ‘ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायस्तटस्थ बस्छन्।यस्तो बेला तटस्थताले वेठीकरअसत्यरअन्यायलाई मदत गर्छ।अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छसअरू सहायक हुन्छन्।अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं!’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई नागरिक समाज र विभिन्न राजनितिक दलले असंवैधानिक भन्दै आएका छन् ।

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्