Logo
१२ बैशाख २०८१, बुधबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

file photo

आज देशभर थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य मन्त्रायले जानकारी दिएको छ ।

यस्तैआज ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन्।

 

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्