Logo
७ बैशाख २०८१, शुक्रबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितको मृत्यु भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण

त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कोरोना संक्रमितको भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएको छ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका चिकित्सक माथि आक्रमण गरेका हुन्।

मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको आइसियूमा खटिएका एक चिकित्सकले जानकारी दिएका छन् ।

अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेको ती चिकित्सकले बताए।

उनले चिकित्सकहरू यस्तो महामारीमा खटिँदा पनि कुटाइ खानुपर्दा यसले मनोबल गिर्ने बताए। हामीले इन्फ्लुएन्जा ‘एचवानएनवानु परीक्षण गर्नलाई टेकु पठाएका थियौं।

परीक्षण गर्दा नेगेटिभ देखियो तर कोरोना पोजेटिभ देखियो भनेपछि हामीले बिरामीलाई कोभिड वार्डमा सार्यौं’, उनले भने, ‘तर आज मृत्यु भएपछि उहाँका आफन्तले कोरोनाले मृत्यु भएको हैन भन्दै डाक्टरलाई नै लात हान्नुभयो।’

रातदिन भनेर खटियो तर यसरी कुटाइ खाइन्छ भने त कसरी काम गर्नेरु यस्तो घटना दुई तीन पटक भइसक्यो। यहीँ ताल हो भने काम गर्न सकिँदैन’, उनले भने।

गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो।

अहिले मृतकको शव अस्पतालमै राखिएको छ।बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ।

चिकित्सक माथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न उनीहरुको माग छ। कोभिडको महामारीमा बिरामीको उपचारमा खटिदा पनि बिरामीहरुबाटै आक्रमण हुँदा आफुहरु निरुत्साहित भएको उनले बताए।

सुरक्षाको प्रत्याभूति नहुँदासम्म चिकित्सकहरुले प्रभावकारी सेवा दिन नसक्ने उनले बताए।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्