Logo
१२ बैशाख २०८१, बुधबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सुनुवाइ जारी

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ । मध्याह्न करिब साढे ११ बजे संवैधानिक इजलासमा मुद्दाहरूको सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।

मंगलबारको सुनुवाइमा निवेदक सन्तोष भण्डारीको रिटमाथि कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय गलत भएको भन्दै परेका निवेदनमाथिको संवैधानिक इजलासको तेस्रो दिनको बहसको सुरुवात अधिवक्ता शिवकुमार यादवले गरेका थिए ।

यादवले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र प्रधानमन्त्रीले संसद्‌मा गएर विश्वासको मत लिनुपर्नेमा संविधानको धारा ७६ को उपधारा १ अनुसारको भनेर नमिल्दो तर्क गरिरहेको बताएका थिए ।

त्यस्तो गरेर प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको भन्ने यादवको तर्क सुनेपछि न्यायाधीश सपना प्रधान मल्लले ‘अहिलेको सरकार र प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा १ बमोजिम हो कि उपधारा २ बमोजिमको हो ?’ भनेर सोधेकी थिइन् ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्