Logo
१३ बैशाख २०८१, बिहीबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र शैलीमा ओलीको कदम, कांग्रेस पुरातनवादी र कम्युष्टिहरु अधिनायकवादी : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राजा महेन्द्र शाहकै शैलीमा अगाडी बढेको बताएका छन् ।

सरकारको कदमले संविधान माथि प्रहार गरेको भन्दै उनले ओलीको यो कदमबाट गणतन्त्र र सङ्घीयता नै धरापमा पार्ने काम भएको आरोप लगाएका छन् ।

प्रदेश १ स्थित उउटा पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले महेन्द्रले जस्तै ‘कु’ गरेका आरोप लगाए । संसद् विघटन गरेपछि प्रधानमन्त्री स्वतः कामचलाउ भएकोले सरकारले अन्तर्राष्ट्रिय महत्वका विषयमा काम गर्न नपाउने बताए ।

संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएकोले सर्वोच्च अदालतले यो निरङ्कुश कदमलाई सच्याउने उनको विश्वास छ ।

पार्टी भित्रको आन्तरिक विषयलाई संसद् सँग जोडेर गैर संवैधानिक र निरङ्कुश काम नगरेको यादवको आरोप छ ।

अधिकांश समय प्रधानमन्त्रीकै आलोचनामा खर्चिएका उनले पार्टीको आगामी रणनीति संविधानकै रक्षा भएको प्रस्ट पारे ।

विकास निमार्णमा लाग्नुपर्ने बेला बारम्बार राजनैतिक दलहरू सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको उनको भनाई छ ।

यस्ता स्वेच्छाचारी कदमलाई नियन्त्रण गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी सहित राइट टु रिकलको व्यवस्था गर्नुपर्ने यादवले बताए ।

आउँदो चुनावमा आफ्नो पार्टी जसपाले महत्वपुर्ण स्थान ल्याउने भन्दे नेपाली कांग्रेस पुरातनवादी र कम्युष्टिहरु अधिनायकवादी भएको उनको विश्लेषण रहेको छ ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्