Logo
१३ बैशाख २०८१, बिहीबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काका र हजुरबुवाबाट बैतडीकी १६ वर्षीया किशोरी बलात्कृत

सुदुरपश्चि प्रदेश स्थित बैतडी जिल्लामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। काका र हजुरबुवा नाता पर्ने दुई जनाबाट किशोरी बलात्कारमा परेकी हुन् ।

पीडित किशोरी र उनका आफन्तले आएर घटनाको जानकारी गराएका हुन् । जाहेरीका आधारमा काका र हजुरबुवा नाता पर्ने दुई जनालाई पक्राउ गरे गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नारन प्रशाद अधिकारीले जनकारी दिएका छन् ।

उनका अनुसार बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको डएसपी अधिकारीले जनकारी दिएका हुन्। बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार भएको हो।

३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो। किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो।

त्यसपछि परिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए । किशोरीको स्वास्थ्य परिक्षण गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्