Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुभुमा मृत अवस्थामा भेटीए दम्पति

ललितपुरको लुभुमा रहेको एक घरमा फ्याल्ट भाडामा लिएर बसेका एक दम्पति मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय रमेश खड्काको घरमा भाडामा बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरले जनाए अनुसार कोठाभित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

घटनास्थलबाट बरामद मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको छ । प्रहरीको अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

पोखरेल दम्पत्तिसँगै फ्याल्टमा आमाबुबा पनि बस्ने गरेका थिए ।उनीहरु बालकोटस्थित छोरीको घरमा गएका वेला घटना भएको वताइएको छ । उनिहरुको फोन नउठेपछि उनीहरु घर जाँदा घटनाबारे थाहा पाएको भनिएको छ । उनिहरुको पाँच महिना अघि मात्रै विवाह भएको थियो ।

 

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्