Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि ट्रक गुडेको छ भने १३ जनाको मृत्यु भएको छ । भारतको गुजरातमा गएराति उक्त ठूलो दुर्घटना भएको हो।

स्थानीय प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए। सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय संचारमाध्यमले जनाएको छ।

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।

ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ।

 

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्