Logo
१२ बैशाख २०८१, बुधबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाडोले कठ्यांग्रिएर प्रदेश २ मा चार जनाको मृत्यु

प्रदेश नं २ जाडोले कठ्यांग्रिएर एक बालक सहित चार जनाको मृत्यु भएको छ ।

केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका पुस यता चार जनाको मृत्यु भएको हो।

शीतलहरबाट सर्लाहीको हरिपूर्वा-४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर-१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया-७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको हो ।

प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन्।

तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्