Logo
१३ बैशाख २०८१, बिहीबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका नेहा कक्कडले श्रीमान् रोहनप्रित सिंहलाई दिइन् धम्कीः ‘एक्सलाई फोन गर्यौ भने..!’

बलिउड गायिका नेहा कक्कडले सोसल मिडियामा एउटा रमाइलो भिडियो पोस्ट गरेकी छिन् । यसमा उनी श्रीमान् रोहनप्रित सिंहलाई धम्की दिइरहेको देखिएकी छिन् ।

जसमा उनले श्रीमानलाई एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही नहुने बताएकी छिन् । यद्यपि, यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कड श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेको देखिएकी छिन् ।

भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि रोहनप्रित सिंह ‘एक्स-कलिङ’ गीतमा अभिनय गरिरहेका देखिएका छन् । त्यसपछि नेहा कक्कडले उनलाई धम्की दिँदै श्रीमानकी एक्सले अर्को व्यक्तिका लागि रोहनप्रितलाई धोका दिएको भन्दै एक्सलाई फोन नगर्न भनेकी छिन् ।

नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘एक्स कलिङ ? ठिक छ । गर तिमी फोन, त्यसपछि भन्नेछु… हाहाहा, रोहनप्रित सिंह, मलाई यो गीतसँग प्रेम छ ।’

यसमा रोहनप्रित सिंहले कमेन्ट गर्दै लेख्छन्, ‘ओ, कोही छैन, कोही छैन, कोही छैन, नरिसाउ । तपाईंलाई यो गीतसँग प्रेम छ र मलाई तिमीसँग प्रेम छ ।’

स्मरण रहोस्, सन् २०२० अक्टोबरमा यी दुईले विवाह गरेका थिए । यी दुई आफ्नो म्युजिक भिडियो र सोसल मिडिया पोस्टका कारण बारम्बार चर्चामा छाइरहन्छन् ।

हेर्नुस् भिडियो : 

 

प्रतिक्रिया दिनुहोस्