Logo
१३ बैशाख २०८१, बिहीबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतबाट फर्केका ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

बेलायतबाट नेपाल फर्केका तीन जनामा नयाँ स्वरुपको कोरोना भाइरस पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको हो ।तीन जना मध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोनाको खोप नआउन्जेल सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्