Logo
८ बैशाख २०८१, शनिबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी आन्दोलनको सम्झना : चर्चामा ५० लाख, सहिद परिवारहरुका हाल बेहाल

बिगतको मधेशी आन्दोलनको सम्झनामा आज बलिदानी दिवस मनाइदैछ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाउने गरिएको छ ।

प्रदेश २ सरकारले भने मा आज प्रदेशभरी सार्वजनिक विदा दिइएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानस्थित आन्दोलनका शहादत प्राप्त गरेका प्रथम सहिद रमेश महतोको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १०३ जनाले ज्यान गुमाएका थिए ।

सहिद परिवारहरुका बिच्चली देखिइएको छ । गत मधेशी आन्दोलनमा आन्दोलनरत मधेशकेन्द्रित राजनीतिक दलहरुले आन्दोलनका क्रममा सहिद भए उनका परिवारलाई ५० लाख क्षतिपुर्ती दिने घोषणा गरेका थिए ।

तर उक्त घोषणा पनि घोषणामै सिमित रहेको देखिएको छ ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्