Logo
७ बैशाख २०८१, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : यौन जीवन उत्कृष्ट बनाउन के खाने, के नखाने ?

बर्तमान समयमा सम्बन्ध कमजोर बन्दै गइरहेको छ । समयसँगै मानिसको जीवनशैलि पनि परिर्वतन हुदैँ गएको छ सो कारण मानिसले सम्बन्धलाई पनि हेर्ने नजर फरक भइरहेको छ ।

पहिला जति सम्बन्धलाई बलियो तरिकाले हेर्ने गरिन्थ्यो अहिले त्यो एकदमै फितलो बन्दै गएको हामीले समाजमा देख्ने गरेका छौ ।

समाजमा डिभोर्सको घटना बढ्दैँ गइरहेको छ । पारिवारिक बेमेल जस्ता कयौँ घटनाहरु समाजमा बढीरहेका छन् यस्को पछाडी अहिलेका मानिसले सम्बन्धलाई हेर्ने नजर कमजोर भएको कारणले गर्दा नै हो भन्दा फरक नर्पला । श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनको लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ ।

यदि महिला पुरुषबिचको सम्वन्ध राम्रो हुनको लागि यौनको महत्वपूण भूमिका हुने गर्छ । यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् ।

तर के तपाईंलाई खानपिनले पनि यौन जीवनमा अत्यधिक प्रभाव पारिरहेको छ भन्ने थाहा छ ? यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ।

विशेषज्ञले यौन सम्बन्ध स्थापित गर्नु अघि के खाने र के नखाने भन्ने सल्लाह दिएका छन् ।

खान हुने कुराहरु-

 

चकलेट :

चकलेट र रोमान्सको गहिरो नाता छ । चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ । यसका साथै चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढ्ने गर्छ ।

पालुङ्गो :

हरियो पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ । पालुङ्गोमा आइरन पाइन्छ जसका कारण सेक्स ड्राइभ बढ्ने गर्छ । यो विशेषगरी महिलाको यौन इच्छा र सन्तुष्टि बढाउन सहयोगी छ ।

अनार :

यौन शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार अनारको जूस पिउँदा मूड राम्रो हुन्छ र रक्त सञ्चारमा पनि सुधार आउँछ । यसले टेस्टोस्टेरोनकोृ स्तर पनि बढाउँछ ।

फ्याटी फिश :

साल्मन, सार्डिन् र मेकेरलजस्ता फ्याटी फिशमा भरपुर मात्रामा ओमेगा–थ्री पाइन्छ । यो हेल्दी फ्याटले शरीर सुन्निन कम हुन्छ जसका कारण यौन जीवन पनि राम्रो हुन्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ओमेगा–थ्रीका लागि फ्लेक्स सिड्स, चिया सिड्स वा ओखर खानुहोस् ।

स्ट्रबेरी :

स्ट्रबेरी भिटामिन सीले भरपुर हुन्छ जसका कारण तनाव कम हुन्छ र यौन इच्छा बढ्ने गर्छ । स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको सम्बन्ध यौन इच्छासँग हुन्छ ।

खरबुजा :

खरबुजामा साइट्रिनलाइन नामको एमिनो एसिड हुन्छ । शरीरमा प्रवेश गरेपछि यो आर्जिनिन एमिनो एसिडमा परिवर्तन हुन्छ । यसका कारण रक्त कोसिकाले आराम पाउँछ जसका कारण यौनाङ्गले राम्रोसँग काम गर्न सक्छ । खरबुजाले शरीरमा त्यस्तै काम गर्छ जस्तो इरेक्टाइल डिसफंक्सन रोक्नका लागि भियग्राले गर्छ ।

कफी वा चिया :

कफी वा चियामा अत्यधिक क्याफिन पाइन्ट जसको असर स्नायू प्रणालीमा पर्छ । यसले यौन सम्बन्धका बेला पुरुषमा परफर्मेन्स एन्जाइटी हुन दिँदैन । क्याफिनले इरेक्टाइल डिसफंक्सनको सम्भावना पनि कम गर्छ । सुत्नु ठिक अघि कफी वा चिया नपिउनुहोस् नभए यसले समस्या निम्त्याउन सक्छ ।

एभोकाडो :

क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ । एभोकाडो खाँदा भित्रैदेखि ऊर्जा मिल्छ । त्यसैले विशेषज्ञ यौन सम्बन्ध स्थापित गर्नुअघि एभोकाडो खान सल्लाह दिन्छन् । यसबाहेक महिलालाई महिनावारीका बेला हुने थकान र चिड्चिडापनलाई हटाएर मूडलाई रोमान्टिक बनाउन पनि मद्दत गर्छ ।

खान नहुने कुराहरु –

स्वस्थ यौन जीवनका लागि केही खानेकुरा खानु हुँदैन जस्तै कि रक्सी । रक्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ । यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ । यसका साथै यौन सम्बन्धको ठिक अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखानुहोस् । यसले रक्त सञ्चार स्लो गर्छ र यौन इच्छा कम हुने गर्छ ।एजेन्सी

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्