Logo
११ बैशाख २०८१, मंगलबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल्सर २२० एफ बाइक अझै बढी स्टाइलिस बन्यो, यस्तो छ फिचर जान्नुहोस्

बजाज कम्पनी अटोको सबैभन्दा चर्चित मानिन्छ । टु ह्विलर निर्माता कम्पनी बजाज अटोको सबैभन्दा चर्चित बाइक पल्सर बाइक हो ।

जसको कारणले गर्दा कम्पनीले पल्सरको नाममा विभिन्न इन्जिन क्षमताको बाइक उत्पादन गरेको छ । कम्पनीको लोकप्रिय बाइक पल्सर २२०एफ बाइक हो । सो बाइकलाई सानदार बनाउनको लागि नयाँ परिमार्जन गरिएको छ ।

कम्पनीले पल्सर २२०एफको इन्स्ट्रयुमेन्ट क्लस्टरमा परिवर्तन गरेको छ । यद्यपि सो बाइकको कन्सोल पुरानो मोडलको जस्तो हुनेछ । सो बाइकमा नयाँ ग्राफिक्स समावेश गरिनेछ ।

यसको इन्डिकेटर मिटर इन्स्ट्रयुमेन्ट कन्सोलको तल समावेश गरिएको छ । जबकि ट्रिप र ओडोमिटर दायाँ साइडमा जडान गरिएको छ । नयाँ पल्सर २२०एफ मा फ्युल इकोनोमी इन्डिकेटर उपलब्ध रहेको छ ।

नयाँ पल्सर २२०एफ को ड्यासबोर्डमा कार्बन फाइबरले फिनिसिङ गरेको छ । जसले बाइकको लुक स्पोर्टी र स्टाइलिस बनाएको छ । यी बाहेक यसमा अन्य केही परिवर्तन गरिएको छैन ।

बाइकमा पुरानो मोडलमा जस्तै २२०सीसीको सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन समावेश गरिएको छ । जसले २०।४ पीएसको पावर र १८।५५ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकको पावरट्रेन पहिलाको फ्युल इन्जेक्टर र ट्विन स्पार्क प्लगको साथमा परिवर्तन गरिएको छ । पल्सर २२० एफमा ५ स्पिड ट्रान्समिसन गियरबक्स समावेश गरिएको छ ।

यसको साथै बाइकमा ५ स्पोक अलोय ह्विल, प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, स्पोर्टी स्पलिट सिट, ट्युबलेस टायर र रियर ग्रयाब रेल्स समावेश गरिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्