Logo
१५ चैत्र २०८०, बिहीबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बलिदानी दिवस प्रदेश-२ मा सार्वजनिक बिदा

आज प्रदेश नं २ सरकारले प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । आज  प्रदेश-२ मा मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् ।

तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए । बलिदानी दिवसको अवसरमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्